|

जनकपुरधाम : तराईमा मधेशसहित मिथिला क्षेत्रमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने छठ आईतवारबाट विधिवत रुपमा सुरु भएको छ। छठ पर्वको दोश्रो दिन ‘खरना’ विधिको तयारी गरिएको छ।

जनकपुरधामसहित देशभरि तथा भारतीय राज्य बिहारमा भव्यतापूर्वक मनाईने छठ पर्वको दोश्रो दिन आज ब्रतालुहरुले रातमा मिठा (सख्खर) मा बनाईएको खीर खाएको विधिलाई ‘खरना’ भन्ने गरिन्छ।  अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिबप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्वपुर्ण पर्व छठको तयारी जनकपुरधाममा जोडतोडका साथ सुरु भएकोे छ। नियम निष्ठा र बिधिपुर्बक मनाईने साँझा सांस्कृतिको रुपमा रहेको छठ पर्वमा आबश्यक पर्ने सामग्रीहरुको जोहो र किन मेल गर्न सर्वसाधारण अहिले व्यस्त छन्। 

कात्र्तिक शुक्ल चतुर्थी देखि सप्तमी सम्म चार दिन मनाईने छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई ‘नहाय–खाय’ भन्ने गरिन्छ।े महिलाहरुले मनाउने यस छठ पर्वमा छठ पर्व प्रारम्भ भएसंगै चोखो भएर सम्पुर्ण विधिहरु ग्र्नुपर्ने मान्यता रही आएको जनकपुर उप–महानगरपालिका वडा नं. १४ की ब्रतालु सुनिता सिंह बताउँछिन्। 

भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ।  छठ पर्वको मूख्य दिन मानिने षष्टी तिथिमा एका बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मर सम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ। तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात ‘सझुका अर्घ’ भनिन्छ। 

पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अघ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ। विहानको उदाउँदो सूर्यलाई दिइने अघ्यलाई ‘भोरका अघ्य’ भनिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.