|

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने नेपाल विद्यार्थी संघ धनुषाको ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रम ओलीको पुत्ला दहन गर्ने क्रममा आधा दर्जनलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिए हो।

जनकपुरधामको रामानन्द चोकमा नेवि संघले देशव्यापी घोषणा गरेको कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्न लागेको भन्दै प्रहरीले पुतला नियन्त्रणमा लिई उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्र, नवनीत झा, नविन यादव, घनश्याम झा, सुनिल सुमन, भरत साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.