|

जापानको टोकियोमा २०२० मा हुने ओलम्पिकमा स्थान बनाउन भइरहेको एसियन छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा म‌ंगलबार बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ। बंगलादेशलाई पराजित गरे नेपालले दोस्रो चरणमा स्थान बनाउने छ।

पहिलो र दोस्रो खेलमा समूहका बलिया प्रतिद्वन्द्वीहरू भारत र म्यानमारलाई बराबरीमा रोकेको नेपालका लागि दोस्रो चरणको छनोटलाई मूर्तरूप दिन पनि बंगलादेशलाई हराउनुपर्ने चुनौती छ। अहिलेसम्म पहिलो चरणभन्दा अघि बढ्न नसेकेको नेपाल जारी प्रतियोगितामा भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।

प्रतियोगितामा नेपाल पहिलो र दोस्रो चरणमा बलिया प्रतिद्वन्द्वी भारत र म्यानमारसँग समान १–१ गोलको बराबरी खेलेको थियो। अंक तालिकामा तेस्रो स्थानमा रहेपनि समुहमा कमजोर देखिएको बंगलादेशलाई हराए नेपाल छनोट नजिक पुग्नेछ। नेपालले बंगलादेश विरुद्ध भिड्दा समूहमा बलिया प्रतिद्वन्द्वीहरू भारत र म्यानमार पनि एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा तत्कालीन अवस्थामा तेस्रो स्थानमा रहे पनि नेपाल बंगलादेशलाई हराए शीर्ष स्थानमा रहँदै छनोट हुने सम्भावना कायम रहन्छ। यदि नेपाल बंगलादेशसँग बराबरी या पराजित भए प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिने छ। नेपालले बंगलादेशलाई पराजित गरेको खण्डमा भने भारत र म्यानमारमाथि चुनौती बढ्ने छ । प्रतियोगितामा शीर्ष दुईमा रहने टिमले दोस्रो चरणमा स्थान बनाउनेछन्। त्यसैलेपनि नेपालको सम्भावना बलियो छ। त्यसका लागि पहिलो चुनौती बंगलादेशलाई हराउनु नै हुने छ। प्रतियोगितामा बंगलादेश भने लगातार दुई खेलमा पराजित हुँदै बाहिरिसकेको छ।

नेपालले बंगलादेशलाई पराजित गरेमा समूह विजेताका लागि नेपाललाई म्यानमार र भारत विच हुने खेलको नतिजापनि महत्त्वपूर्ण हुने छ। यद्यपि प्रतियोगितामा शीर्ष दुईमा रहने टिमले दोस्रो चरणमा स्थान बनाउने हुँदा बंगलादेशलाई पराजित गरे अघिल्लो चरण छनोट नेपाललाई धेरै गाह्रो भने हुने छैन।

भारत र म्यानमारबीच बराबरी भए त्यसको फाइदा नेपाललाई हुनेछ। बंगलादेशले नेपाललाई हराएर भारत र म्यानमारले बराबरी खेलेमा नेपाल समूह विजेता बन्नेछ। बंगलादेशसँग पनि बराबरी खेलेमा नेपालले उत्कष्ट तीनको प्रतिक्षा गर्नुपर्ने छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.