|

लमजुङ : चक्रीय अन्नपूर्ण पदमार्गमा बेसी शहरदेखि उच्च हिमाली भेगमा भएको अन्तर्राष्ट्रिय स्तरको ‘याक अट्याक’ साइकल दाैड प्रतियोगितामा क्यानाडाका ३४ वर्षीय करी विजयी भए। छ दिनको प्रतियोगितामा १८५ किलोमिटर दूरीलाई क्यारीले १२ घण्टा ३० मिनेट ५० सेकेण्डमा पूरा गरेका हुन्।

कार्तिक १९ गतेदेखि शुरु भएको १२ औं संस्करणको प्रतियोगितामा १४ मुलुकका ३३ प्रतियोगीहरूलाई उछिन्दै क्यानाडाका करी बिजयी भएका हुन्। सन् २०१६ मा आयोजित याक अट्याकमा समेत करी प्रथम भएका थिए। प्रतियोगिताका व्यवस्थापक माउन्टेन बाइक (एमटीबी) नेपालका निर्देशक अजय पण्डित क्षेत्रीका अनुसार प्रतियोगितामा नेपाललका २४ वर्षीय रोअन तामाङ (बुद्धि बहादुर) द्वितीय भए। उनले १३ घण्टा ३१ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए। त्यस्तैगरी नेपालकै ओकेस बज्राचार्यले १३ घण्टा ३५ मिनेट एक सेकेन्डमा लक्ष्य पूरा गरी तृतीय भए।

प्रतियोगितामा महिलातर्फ अष्ट्रेलियाकी ३१ वर्षीया करेन हिल प्रथम भए। उनले १७ घण्टा ५९ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरिन्। त्यसैगरी प्रतियोगितामा नेपालकी ३० वर्षकी लक्ष्मी मगर द्वितीय भइन्। उनले १९ घण्टा १८ मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गरिन्। लक्ष्मी मगर गतवर्ष महिलातर्फ च्याम्पियन भएकी थिइन्। त्यस्तै गरी नेदरल्याण्डकी निन्के उस्ट्रा तृतीय भइन्। उनले निर्धारित दूरीलाई २६ घण्टा, ३६ घण्टा ५८ मिनेटमा पार गरेकी थिइन्।

प्रतियोगितामा ४० वर्ष माथिका प्रतियोगीमध्ये नेपालका हर्क लामा प्रथम भए। उनले निर्धारित दूरीलाई १५ घण्टा ३८ मिनेट १८ सेकेन्डमा पार गरी प्रथम भएका हुन्। त्यस्तैगरी पोर्चुगलका जोसे टेक्सेरिया द्वितीय भए। उनले १८ घण्टा समय लगाएर  द्वितीय भएका हुन्। त्यस्तैगरी स्पेनका जोसे मारिया अर्डेजोन तृतीय भए। उनले १८ घण्टा ५ मिनेट ३६ सेकेन्ड समय लगाएर तृतीय भए।

५० वर्षमाथि उमेर समूहमा बेल्जियमका पिर्रे कस्टाग्ने प्रथम भए। उनले १६ घण्टा २५ मिनेट ३२ सेकेन्डमा निर्धारित दुरी पार गरी प्रथम भएका हुन्। त्यसैगरी बेल्जियमकै सर्ज भ्यान भौचेलेनले १९ घण्टा, ४७ मिनेट ४७ सेकेन्ड समय लगाएर द्वितीय भए भने बेल्जियमकै भिसेन्ट गौभरनियरले २० घण्टा १२ मिनेट १३ सेकेन्ड निर्धारित दूरी पार गरी तृतीय भए।

‘याक अट्याक २०१८’ माउन्टेन बाइक साइकल रेस प्रतियोगितामा क्यानडाका करी वालेस च्याम्पियन बने। माउन्टेन बाइक (एमटीबी) नेपालका निर्देशक अजय पण्डित क्षेत्रीका अनुसार लमजुङको बेंसी सहरबाट सुरु भएको प्रतियोगितामा मनाङको ताल, मनाङ गाउँ, थोराङफेदी, मुस्ताङको कागबेनी हुँदै कालोपानीमा पुगेर टुंगिएको हो।

बेलायतस्थित माउन्टेन बाइकिङ वल्ड वाइडका निर्देशक फिल इभान्सका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने पुरुष र महिला वियजीलाई क्रमशः एक हजार अमेरिकी डलर, ५०० डलर र २५० डलर प्रदान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.