|

काठमाडौं : लाभको पदमा रहँदै नछाड्ने पूर्व कर्मचारीको संख्या धेरै छ। निवृतिभरण व्यवस्थापन कार्यालयका अनुसार लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल बाहेक संवैधानिक निकायमा नियुक्ति पाएका पूर्वकर्मचारीले निवृतिभरण बुझ्दै आएका छन्। पौडेल पूर्व मुख्य सचिव र मैनाली पूर्व सचिव हुन् 

पूर्व उपराष्ट्रपतिसमेत रहेका परमानन्द झाले पूर्वन्यायाधीका रुपमा निवृतृभरण बुझ्नुका साथै सरकारले पूर्व उपराष्ट्रपतिलाई दिइआएको सेवा सुविधासमेत लिँदै आएका छन्।  पूर्व प्रधानन्यायाधीशसमेत रहेका राष्ट्रिय मानवअधिकारआयोगका अध्यक्ष अनुपराज शर्माले निरन्तर निवृतिभरण बुझ्दै आएकाे खबर नागरिक दैनिकमा छ।

निवृतिभरण व्यवस्थापन कार्यालयका अनुसार अख्तियार प्रमुख नवीनकुमार घिमिरे, सदस्य डा. गणेशराज जोशी, लोकसेवा आयोगका सदस्य वृन्दा हाडा, डा गोविन्दप्रसाद कुसुम, श्रीपुरुष ढकाल, कानुन आयोगका माधव पौडेल, झाषा आयोगका लवदेव अवस्थी, महालेखा परीक्षक टंकमणी शर्मा, निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल, सुधीरकुमार शाह, सूचना आयोगका प्रमुख कृष्णहरि बास्कोटालगायत रहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.