|

अर्घाखाँची : प्रदेश ५ कै प्रसिद्ध सुपा देउराली मन्दिरको आसापासको क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइने भएको छ। नरपानी र सुपादेउराली क्षेत्रमा मदिरा सेवन गरी झैझगडाका साथै समूहसमूहबीच झडप हुने क्रम बढेपछि मदिरा बेचबिखन तथा सेवन गरेको भेटिएमा कारबाही गरिने भएको हो।

जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले सुपा देउराली र नरपानी आसपासको क्षेत्रमा मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। उनका अनुसार घुम्टीदेखि बूढीचौरसम्मको क्षेत्रमा मदिरा बिक्री वितरण गर्न तथा मदिरापान गर्न रोक लगाइएको हो।

सन्धिखर्क नगरपालिका ६ नरपानीमा सुपादेउराली पूजाको प्रसाद खान पुगेका कपिलवस्तु र सन्धिखर्कका युवाबीच दुईपटक झडप भएको थियो। झडपबाट दर्जनौँ घाइते भएका थिए। झडपको कारण मदिरा सेवन हो भन्ने निष्कर्ष निकालेर उक्त क्षेत्रमा मदिरा निषेध गरिएको प्रजिअ भुसालले बताए।

प्रजिअ भुसालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यलयमा बसेको सर्बदलीय बैठकमा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक,  शीतगंगा नगरपालिकाका उपप्रमुख टीका रेस्मी, प्रहरी निरीक्षक खिम बहादुर घमलगायत सरोकारवालाहरूको सर्वपक्षीय बैठकले मदिरा निषेधित क्षेत्र घोषणा गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.