|

रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका १, गिलबाङका २४ वर्षीय रणबहादुर कुँबरको उपचारका लागि रुकुम पश्चिमका व्यवसायीहरूले आर्थिक रकम सहयोग गरेका छन्। कुवँर धनुषटंकार रोगबाट पीडित भएर काठमाडौंको सुभेच्द्धा ईन्टरनेशनल अस्पताल सीतापाइलामा उपचाररत छन्।

बिरामीको पारिवारिक अवस्था कमजोर तथा उपचारको लागि धेरै रुपैयाँ खर्च हुने अस्पतालले बताएपछि समाजसेवी तथा यातायात व्यवसायी लालवीर बोहरालगायतले आर्थिक सहयोग गरेका हुन्। उनीलगायतका व्यवसायीहरूले ७९ हजार १०० रूपैयाँ अर्थिक सहयोग गरेका हुन्।

बिरामीको उपचारको लागि देशका अन्य बिभिन्न ठाउँहरूबाट पनि रकम संकलन भएको छ। हालसम्म तीन लाख बढी रकम संकलन भएको र अझै पनि देश तथा विदेशबाट रकम जम्मा गर्ने क्रम जारी रहेको उनका आफन्त तुलसीराम बोहराले जानकारी दिए।

उनको उपचारको लागि २० लाख बढी रकम खर्च हुने अस्पतालले बताएको छ। बिरामीलाई सहयोग गर्ने चाहानेले उनको श्रीमती खिमला वलि कुवँरको ग्लोबल आईएमई बैंकको खाता नम्बर ३८०७०१०००९५३४ मा जम्मा वा उनका भान्जा तुलसीराम बोहराको मोबाइल नम्बर ९८१४५७३३३२ मा सम्पर्क गर्न सक्ने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.