|

दैलेख : दैलेखको भैरवी गाउँपालिका केन्द्रका विवाद दुई वर्ष पुग्नै लाग्दा टुङ्गिएको छ। स्थानीय तहको निर्वाचन भएको सत्र महिना बितिसक्दासमेत गाउँपालिकाको केन्द्रको विवाद मिल्न सकेको थिएन।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाको संयोजकत्वमा नेकपाका नेता निर्वाचन क्षेत्र न. १ का सासद रवीन्द्रराज शर्मा र नेपाली कांग्रेसका नेता कृष्ण बिसीको रोहवरमा केन्द्रको विवाद समाधान भएको भैरवी गाउपालिकाका अध्यक्ष प्रेम बुढाले जानकारी दिएका छन्।

भैरीकालिकाथुम भएको साबिकको कार्यालय राख्ने एक पक्षको अडान र गाउँपालिको केन्द्रका हिसाबले पायक पर्ने स्थान सिलगी बजारमा केन्द्र राख्ने अर्को पक्षको अडानका कारण गाउँपालिकोका केन्द्रको टुंगो लाग्न सकेको थिएन। सात वडामा विभाजन भएको भैरवी गाउँपालिकाको अस्थायी केन्द्र भैरवी गाउँपालिका ४ र ५ पर्ने सिलगी बजारमा नजिकै कार्यालय खोलेर सेवा प्रवाह भइरहेको थियो।

स्थानीय तहको केन्द्र विवादको टुंगो लगाउनका लागि गाउँ कार्यपालिकाको बेला–बेला बैठक बसे पनि समाधान हुन सकेको थिएन। विवाद साम्य नहुँदा सेवा प्रवाहमा समेत प्रभाव परेपछि केन्द्रको विवाद समाधान गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्र पठाएको थियो।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले गाउँपालिकाले सेवा दिइरहेको स्थानबाट सेवा दिन पत्र पठाएका पछि केही दिन शान्त रहेको केन्द्रको विवाद फेरि उठेपछि गाउँ कार्यपालिकाको बैठकले केन्द्रको विवाद समाधान गर्न तीन सदस्यीय रहेको कार्यदललाई जिम्मा दिने निर्णय सर्व सहमतिले पारित गरेको थियो।

कार्यदलको निर्णयअनुसार भैरवी गाउँपालिकाको मुख्य प्रशासकीय भवन हाल गाउँपालिकाको भवन भएको पचास मिटरको दूरीमा निर्माण हुने गरी हाल गाउँपालिकाको भवनदेखि स्वास्थ्य कार्यालय भैरीको डाँडासम्मको भू–भागलाई गाउँपालिकाको केन्द्र कायम गर्ने भनी सर्वसहमत निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष बुढाले बताए। उनका अनुसार उक्त निर्णयलाई गाउँपालिकाको गाउँसभाबाट पारित गर्ने गरी निर्णय भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.