|

भोजपुर : भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै एक घरमा आगलागी हुँदा कुल १४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको छ। भोजपुर नगरपालिका ७ बस्ने गोविन्द सुन्दासको घरमा विद्युत सर्ट भई आगलागी हुँदा कुल १४ लाख ५० हजारको मूल्य बराबरको धनमालको क्षति भएको हो।

घरको बीच तलामा विद्युतको तार सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले बताए। आगलागीबाट एक लाख ५० हजार नगद क्षति भएको प्रहरी निरीक्षक कार्कीले बताए। त्यस्तै घरको पूर्ण निर्माण संरचना जल्दा १० लाख, घरभित्र रहेका सुनको औँठी, लत्ता कपडा र भाँडा वर्तन जल्दा तीन लाख गरी जम्मा १४ लाख ५० हजारको क्षति भएको प्रहरी निरीक्षक कार्कीले बताए।

आगलागी शुरु भएको एक घण्टाभित्र स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र दम्कलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.