|

काठमाडौं : धेरै दर्शकको चाहना थियो, नायक प्रदीप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै पर्दामा देख्ने। अब भने त्यो रहर पनि पुरा हुने भएको छ। प्रदीप र साम्राज्ञीले सँगै फिल्ममा काम गर्ने भएका छन्।

लामो समयको चर्चापछि उनीहरु दुई हेमराज विसीको निर्देशनमा बन्ने नयाँ फिल्मका लागि अनुबन्धित भएका हुन्। नायक प्रदीप खड्का केही समय अगाडि नै फिल्ममा अनुबन्धित भइसकेका थिए भने साम्राज्ञीसँग शुक्रबार साँझमात्र निर्माण युनिटले लिखित सुम्झौता गरेको हो।

निर्देशक विसीकै लेखन रहने यस फिल्मलाई 'ह्याप्पी प्लानेट' र 'काफिया फिल्मस्'ले निर्माण गर्न लागेको हो। फिल्ममा रेणु राणा, दीपक खतिवडा, रुपक थापा, अमन कुमार भण्डारी, काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीको लगानी रहने छ भने फिल्मका प्रस्तुतकर्ता गोविन्द शाही हुन्।

गोविन्दका अनुसार फिल्मको छायांकन जर्मन, फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र इटालीमा हुनेछ। आगामी जेठ वा असारसम्म छायांकन गरिसक्ने योजनामा निर्माण युनिट रहेको छ। फिल्मको अनुमानित लागत चार करोड रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.