|

रौतहट : रौतहटका उत्तरी भेगका जनताले राहदानीको झन्झटबाट मुक्त भएका छन्। सोमबारदेखि इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले राहदानीको फारम बुझन थालेपछि रौतहटको उत्तरी भेगका साबिक १७ वटा गाबिस तथा हालको ३ वटा नगरपालिकाका बासिन्दाले राहदानीको झन्झटबाट मुक्त पाएका हुन्।

जनताहरुको सेवाको मध्यनजर गर्दै इलाका प्रशासन कार्यालयमा राहदानी सेवा उपलब्द गराएको रौतहट जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिएका छन्। जनताले सेवा सहज र नजिक पाउनु पर्ने आफनो मान्यता भएको हुँदा सेवाग्राहीको महत्वपूर्ण सेवा चन्द्रनिगाहपुरबाट पनि दिन थालेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए। राहदानीको समान्य सेवा अन्तर्गगत इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा नागरिकता प्रमाणित गरेर राहदानीको फारम यस अघि जिल्ला प्रशासन कार्यालय गौर मार्फत काठमाण्डौ पठाइदै आएको थियो।

अबदेखि राहदानीको फारम र राजस्व इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर मै बुझेर सिधै काठमाडाैं लैजाने सेवा सुचारु गरेको सो कार्यालयका उपसचिब फणिन्द्र दाहालले बताए। इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर आएर फेरि गौर जानु पर्ने सेवाग्राहीको समस्या समाधान भएको उपसचिव दाहालले बताए। इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट दैनिक काठमाडाैंको द्रूत सेवा अन्तर्गत १० देखि १५ जना र समान्य सेवा अन्तर्गत १५ देखि २० जनाको दैनिक राहदानीको सिफारिस हुँदै आएको छ।

राहदानीको द्रूत सेवाअन्तर्गत इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट सेवाग्राहीले सिधै काठमाडाैं राहदानी विभागमा सिफारिस गर्दै आएको छ। राहदानी चन्द्रनिगाहपुरबाट नै पाउने भएपछि स्थानीयबासी हर्षित भएका छन्। राहदानी सेवा चन्द्रनिगाहपुर आएपछि स्थानीयले ठूलो झन्झटबाट मुक्त पाएको स्थानीय कुशल दाहालले बताए।

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले  चन्द्रपुर, बृन्द्धावन र गुजरा नगरपालिका सम्पूर्ण सेवाग्राही र गरुडा तथा फतुवा बिजयपुरका केही वडाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीको सेवा प्रवाह गर्दै आएको छ। २०५५ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले अहिले आएर राहदानी सेवा सुचारु गरेको हो।

सो कार्यालयमा २०७० सालदेखि उपसचिवको दरबन्दी कायम गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.