|

सिन्धुपाल्चोक : प्रदेश ३ को पर्यटकीय सम्भावना बोकेको जिल्ला हो सिन्धुपाल्चोक। पर्यटन विकासमा प्रदेश ३ सरकारले पनि विशेष योजना बनाएको छ। जसअनुसार नेपालमा सरकारले १०० स्थानलाई पर्यटकीय सम्भावनाको रुपमा छनोट गरेको छ।

सरकारले सिन्धुपाल्चोकका भोटेकोसी र सुनकोसी नदीमा र्‍याफ्टिङ र बन्जी जम्प, स्याउ र गुम्बैगुम्बाले प्रख्यात हेलम्बु र पाँच पोखरीलाई नयाँ तथा विकास गर्नुपर्ने सूचीमा सूचिकृत गरेको हो। भूकम्पपछि खस्केको पर्यटक आवागमनमा बिस्तारै बढ्दै गएको छ। सरकारले सूचिकृत गरेको स्थान मात्रै नभएर सिन्धुपाल्चोकमा पर्यटकलाई तान्न सक्ने धेरै रमरणीय क्षेत्रहरु छन्। पर्यटन प्रवद्धर्नका लागि प्रदेश सरकारले विशेष योजना बनाएको प्रदेश ३ का पर्यटन मन्त्री अरुण नेपालले जनाए। 
पर्यटकनको विकास गर्न दोलखा र सिन्धुपाल्चोकको सिमानामा हिल स्टेशन बनाउन लागेको र अन्य क्षेत्रमा पनि पर्यटनका लागि विकास गर्ने उनको भनाइ छ।

पर्यटकको आवागमन वृद्धि गरी आर्थिक स्रोतको वृद्धि गर्न सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहले प्राथमिकताको साथ अगाडि बढाएका छन्। ती स्थानीय तहहरुले आफ्नो क्षेत्रमा पर्यटकीय पूर्वाधारको विकास र निर्माण सुरु गरिसकेका छन्। काठमाडौंसँग जोडिएको जिल्ला सिन्धुपाल्चोक पनि विविध पर्यटकीय गन्तव्यका लागि आकर्षणको केन्द्र बन्दैछ। स्थानीय सरकारले नयाँ गन्तव्यको खोजी र प्रचारप्रसारको कामलाई तीव्र रुपमा अगाडि बढाएको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख अमानसिंह तामाङले जनाए। 

पाँचपोखरी, हेलम्बु, लाङटाङ राष्ट्रिय निकुाज, भोटेकोसी, सुनकोशी र्‍याफ्टिङ नेपालको एक मात्र बन्जी जम्प, जुगल हिमाल, झ्याँडिखोला हाँडीखोला काङलाङको छहरा, तातोपानी झरना, दुगुनागढी, भैरवकुण्ड, पाँचपोखरी, गौरति भिमेश्वर मन्दिर, हर्लाङबराङ, जुगल हिमाल पातले गुफा, रानीपोखरी, पात्ले पानी, फुस्रे ओख्रेनी ताम्चे वृक्षारोपणपछि तयार भएको अति सुन्दर जंगल, लट्टेश्वर महादेव चोकटी, पिस्करको बीचमा रहेको महभीर झरना, जलजले महभीर झरना, टेकानपुरको कालिका मन्दिर लिस्तीको लिस्तीमाई मन्दिर दुतीको खाडादेवीमाई मन्दिर, तौथलीको त्रिपुरा सुन्दरीमाई गणेशस्थान भिमेश्वर नातेश्वर साथै प्यारछोवा बुढाबुढी तथा टकसीचा भ्यू प्वाइन्ट, नुवाकोटको सिमाना कुटुमसाङजस्ता अन्य प्रसिद्ध धार्मिक तथा प्राकृतिक रुपमा पर्यटकीय गन्तव्य फस्टाउँदै छन्।

नयाँ गन्तव्यको रुपमा सिन्धुपाल्चोकको तौथली हो। यहाँ पर्यटन प्रवद्धनको लागि गाउँपालिकाले पहल गरीरहेको त्रिपुरासुन्दरी गाउँपालिकका अध्यक्ष भुपेन्द्र श्रेष्ठको भनाइ छ। गाउँको उचो भागमा अवस्थित त्रिपुरा भगवतीको मन्दिर धार्मिक दृष्टिकोणले महत्वपूर्ण छ। यहाँ जनैपूर्णिमाको दिनदेखि पाँच दिनसम्म लगातार विभिन्न देवी नाच तथा झाँकीहरु निकालिन्छ। यस्तै, दशैको बेलामा विशेष किसिमको दही जात्रा लिङ्गो जात्रा तथा बलिपूजा गर्ने चलन छ। साथसाथै यहाँ अरु थुप्रै देवीदेवताका मन्दिरहरु पनि छन्। 

चारैतिर वनजंगल र जंगलभित्र रहेका विभिन्न पशुपंक्षी नजिकैबाट नियाल्न सकिने हिमश्रृङ्खला, खोलानाला, छहरा, गुफा विशेषगरी पर्यटकहरुका लागि रमाइलो र उत्सुकताको वातावरण छ। यस ठाउँमा भौतिक पूर्वाधारको विकास गर्न सके मात्रै पनि पर्यटकको ओइरो लगाउन सकिने स्थानीयको भनाइ छ। पर्यटकको रोजाइसँगै रसुवाको लाङटाङ र सिन्धुपाल्चोकको प्राकृतिक, ऐतिहासिक तथा धार्मिकस्थलको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको प्रचुर सम्भावना छ। पदयात्राका लागि तेस्रो ठूलो गन्तव्यको रुपमा मानिने पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्र गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्यावलोकनका लागि चर्चित मानिन्छ। ह्योल्मो  कला संस्कृति, निकुञ्ज क्षेत्रका जैविक विविधता, सिमसार क्षेत्रमा सूचिकृत गोसाईकुण्ड पर्यटकका लागि प्रमुख आर्कषण बनेका छन्।

विभिन्न जातजातिको समिश्रण सिन्धुपाल्चोकको हेलम्बुमा ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्ची घ्याङ, महादेव पाइला, आमायांग्री छन्। तिब्बती महायोगी मिलारेपा र अति प्राचीन गुम्बामा हुने महत्त्वपूर्ण पूजामा आउने पर्यटक प्रशस्त छन् यो राजधानी नजिकैको पुरानो ट्रेकिङ रुट हो।  पर्यटकीय गन्तव्यको रूपमा चिनिएको हेलम्बु गाउँपालिकाको अम्बाथान पनि पर्यटकीय रुपमा महत्वपूर्ण छ। मेलम्ची खानेपानी आयोजनाको मुहानमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.