|

काठमाडौं : 'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक' कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रका दुईदर्जन भन्दा बढी कलाकारले एकै मंचमा आफ्नो प्रस्तुती दिने भएका छन्। नेपाल रग्बी एशाेसिएसनले फेम नेपालको आयोजनामा गर्न लागेको उक्त कार्यक्रम मंसिर २२ गते शनिबार टुँडिखेलमा हुनेछ।

शो कार्यक्रममा वोर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ। सर्वसाधारणका लागि निशुल्क प्रवेश रहने उक्त कार्यक्रममा २५ हजार भन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा आयोजकको रहेको छ। उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना 'लाउरे', नितेशजंग कुँवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन र डिजे कुइन् लागायत दुईदर्जन बढी कलाकारले आफ्नो प्रस्तुती राख्नेछन्।

कमेडियन नायक सन्दिप क्षेत्री र शुभेक्षा खड्काले संचालन गर्ने कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म हुनेछ। कार्यक्रम स्थलमा स्टल राख्न चाहनेहरूका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.