|

नेपाली राष्ट्रिय स्टार सन्दीप लामिछानेले पाकिस्तानको घरेलु टी–२० क्रिकेट लिग पाकिस्तान सुपर लिग (पिएसएल)मा आबद्ध भएका छन्। मंगलबार भएको अक्सनमा उनी लाहोर क्वालान्डर्सको रोजाइमा परे।

उनीसँगै अलराउन्डर सोमपाल कामी पनि लिगको ड्राफ्टमा परेका थिए। तर, कामी भने कुनै पनि टिमको रोजाइमा पर्न सकेनन्। पिएसएलमा खेलाडीलाई पाँच चरणको वरीयतामा विभाजन गरेर सोहीअनुसार खेलाडीको कोटा निर्धारण गरिएको थियो । पिएसलमा प्लाटिनुम, डायमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटगोरीअनुसार खेलाडीको कोटा निर्धारण गरिएकोमा सन्दीप गोल्ड क्याटगोरीबाट ड्राफ्टमा परेका थिए भने सोमपाल सिल्भर क्याटगोरीबाट ड्राफ्टमा थिए। यसबाट हरेक टिमले सबै गरेर कुल १६ खेलाडी अनुबन्धन गर्न पाउने प्रावधान छ। जसमा प्लाटिनुम, डायमन्ड र गोल्डबाट ३–३, सिल्भरबाट ५ र इमर्जिङतर्फबाट २ खेलाडीलाई टिममा सहभागी गराउन पाउने प्रावधान छ।

गोल्ड क्याटगोरीमा रहेका सन्दीपले न्यूनतम मूल्य ५० हजार डलर रहँदा कुनै एक खेलाडीका लागि बढीमा ७० हजार डलर खर्च गर्न पाइनेछ। तीन खेलाडी छनोट हुने भएकाले सन्दीपले कम्तीमा बेस प्राइसभने प्राप्त गरेका छन्। 

यस्तो छ सन्दीपको टिम

सन्दीप लामिछाने, एबिडी भिलियर्स, हसन खान, राहत अली, फखर जमान, यसिर साह, साहिन अफ्रिदी, एन्टोन डेभिच, आघ सलमान, सोहिल अख्तर, मोहमद हाफिज, कार्लोस ब्रेथवेट, कोरे एन्डर्सन, हरिस सोहिल, मोहमद इमरान, उमाइर मसुद।

प्रतियोगिता १४ फेब्रुअरीबाट १७ मार्चसम्म युएई र पाकिस्तानमा हुनेछ। पिएसएलमा कुल ६ टिमबीच प्रतिस्पर्धा हुनेछ, जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वालान्डर्स, पेसावर जल्मी, क्येवा ग्लाडिएर र द सिक्थ टिम छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.