|

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले पराजित गरेको छ। बुधबार भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले पराजित गर्दा युवा स्टारको प्रदर्शन सम्झनलायक रह्यो।

घरेलु मैदानमा अर्जेन्टिनालाई जित दिलाउन माउरो इकार्डी र पाउलो डिबालाले एक–एक गोल गरे। कप्तान लियोनल मेसीबिना  मैदान उत्रिएको अर्जेन्टिनाले दुवै हाफमा समान एक–एक गोल गरेको थियो।

अर्जेन्टिनाको कप्तान भूमिकामा रहे पनि मेसी रुस विश्वकप पछि अर्जेन्टिनाको टिममा रहेका छैनन्। अर्जेन्टिनाले खेलको दोस्रो मिनेटमै इकार्डीको गोलबाट अग्रता बनाएको थियो। इरिक लमेराको पासमा इकार्डीले गोल गरेका थिए। त्यसपछि खेलको ८७ औं मिनेटमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई २–० को सहज जित दिलाए। अर्जेन्टिनाका लागि डिबालाको यो पहिलो गोल हो।

त्यस्तै अर्को खेलमा चिलीले होन्डुरसलाई ४–१ ले पराजित गर्दा अर्टुरो भिडालले दुई गोल गरे। त्यस्तै एलेक्सिस सान्चेज र निकोलसले समान एक गोल गरेका थिए। त्यस्तै कोष्टारिकाले पेरुलाई ३–२ ले नै पराजित गर्न सफल भयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.