|

काठमाडौं :  चाकडी र घुस दिन नसकेको भन्दै  राजिनामा बुझाएका वीर अस्पतालका न्यूरो सर्जन डा ध्रुबराज अधिकारीले नै स्वास्थ्य सेवा ऐन मिचेको पाइएको छ।

वीर अस्पतालका न्यूरो सर्जन डा अधिकारीलाई सरकारले वीर अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरुवा गरेको भए पनि अाएर वीर अस्पतालमा नै हाजिर गर्ने अडानमा थिए। सरुवा भएको ठाउँमा अनिवार्य  रुपमा जानुपर्ने  ठाउँमा नियम उलंघन गर्दै घुस र चाकडी दिन नसकेको भन्दै राजीनामा दिएकोमा नियएम उलंघन गरेको  स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ।

मन्त्रालयमा प्रवक्ता महेन्द्र श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ 'निजको २०७४/ १२/ १८ मा नवौँ तहमा नियुक्ति भइ  पोखरास्थिस्त पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदस्थापना हुनुभएको तर वीर अस्पतालमा काजमा काम गर्दै आउनु भएको हो, निजको नवौं तहमा नियुक्ती भएको समयमा वीर अस्पतालमा दरबन्दी रिक्त नभएको तर हाल वीर अस्पतालमा निजको पदको दरबन्दी रिक्त भएकोले पदस्थापना भएको कार्यालयमा एक पटक हाजिर भै आए पश्चात मात्र वीर अस्पतालमा सरुवा गर्न नियमाअनुसार प्रकिया पुग्ने मौखिक जानाकारी बारम्बार खदिइएकोमा उक्त कुरा अवज्ञा गरि राजीनामा बुझाएको व्यहोरा जानाकारी गराइन्छ।'

वीर अस्पतालस्थित न्यूरो सर्जरी पहिलो युटिनका प्रमुख समेत रहेका प्रा डा.  अधिकारीले ‘चाकडी र घुस रकम दिन नसकेको भन्दै सोमबार वेलुकी पदबाट राजीनामा दिएको’ भन्दै  मंगलबार राजीनामा पत्र सार्वजनिक गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.