|

काठमाडौं : संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले चार देशका लागि सरकारले सिफारिस गरेका राजदूत विरुद्ध सार्वजनिक उजुरी माग गरेको छ। समिति सदस्य तथा कांग्रेस सचेतक पुष्पा भुसालले आजको बैठकले राजदूतहरूको सुनुवाइ अगाडि बढाउने निर्णय गरेको जानकारी दिइन्।

मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अन्जान शाक्य र युएईका लागि  कृष्णप्रसाद ढकाललाई राजदूतमा सिफारिस गरेको थियो। 

सनुवाइ समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको छ। उजुरी संकलन भएपछि समितिले सुनुवाइको बाँकी काम अघि बढाउने जानकारी गराएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.