|

बाँके : इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ति (मोहम्मद डे) का अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले नेपालगन्जमा भब्य र्‍याली निकालेका छन्। जिल्लाका विभिन्न स्थानबाट नेपालगन्ज आएका इस्लाम धर्मावलम्वीले बाजागाजा र झण्डासहित नेपालगन्ज नगरको परिक्रमा गरेको इस्लाम धर्मका गुरु मौलाना जब्बार मन्जरीले बताए।

इस्लामिक क्यालेण्डरको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी ‘मोहम्मद डे  शदियौँदेखि मनाउँदै आएका छन्। बिहान ११ बजेदेखि सुरु भएको र्‍याली बुधबार दिनभर चल्ने मन्जरीले बताए।

र्‍यालीमा बालबालिकादेखि ज्येष्ठ नागरिकको समेत सहभागिता रहेको छ। र्‍यालीले नेपालगन्जका अधिकांश सडक जाम भएको छ। मोहम्द डे का अवसरमा प्रदेश ५ ले सार्वजनिक बिदा नदिए पनि बाँकेको नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। मंगलबार बसेको कार्यपालिका बैठकले बुधबार मनाउन लागिएको इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मदको जन्मदिनको अवसरमा नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए।

मोहम्द डे का अवसरमा नेपालगन्जका निजी तथा सामुदायिक विद्यालय र कलेज पनि बिदा दिएका छन्। नेपालगन्जमा इस्लाम धर्मावलम्वीको बाक्लो बसोबास रहेकोले यहाँका विद्यालय र कलेजले एक दिनका लागि बिदा दिएको जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.