|

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेलवे उद्घाटन गर्न भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउन लागेको भन्दै आपत्ति जनाएका छन्। बुधबार साँझ आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उपसभापति निधिले योगी आदित्यनाथ आउन लागेको विषयले केन्द्र सरकारप्रति प्रश्न उठेको बताएका हुन्। 

उनले जनकपुर–जयनगर रेलवे देशको महत्त्वपूर्ण योजना भएकाले दुवै देशका केन्द्र सरकारका प्रतितिनिधिले गर्नुपर्ने बताए। ‘यो निकै महत्त्व राख्ने प्रोजेक्ट हो। यो कुनै स्कुलको भवन बनाए जस्तो होइन। यसको दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्नुपर्छ’, उनले भने, ‘यदि प्रधानमन्त्रीबाट सम्भव नभए विभागीय मन्त्रीबाट भए पनि गर्नुपर्छ। प्रदेशको मुख्यमन्त्रीले गर्ने विषयले हिन्तावोध गराउँछ।’ उनले नेपालमा राजतन्त्र पुनर्वाहली हुनुपर्छ भन्ने मुख्यमन्त्रीलाई बोलाउन साथ दिएर प्रदेश २ सरकार पनि केन्द्र सरकारको पुच्छर भएको आरोप लगाए। 

यस्तै, उनले नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहालाई भारतको गणतन्त्र दिवस समारोहको विशिष्ट अतिथिको रूपमा सरकारले पठाउन लागेको विषयप्रति पनि आपत्ति जनाएका छन्।  ‘नेपालका पूर्वराजालाई भारतको गणतन्त्र दिवसमा विशिष्ठ अतिथि पठाउन लागेको विषय के हो? राजतन्त्र पुनर्वाहली चाहने मुख्यमन्त्रीलाई नेपाल आमन्त्रण गरिनुलाई कसरी बुझ्नु?’, उनले भने, ‘यसले कम्युनिस्ट सरकारले संघीयता नचाएको प्रष्ट हुन्छ। यो सरकार गणतन्त्रलाई टिकाउने पक्षमा छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.