|

काठमाडौं :  शहीद स्मारक ए डिभिजन लिगका तेस्रो चरणका खेलहरू बिहीबार सुरु हुँदैछन्।

एन्फा कम्प्लेक्समा बिहान ११ बजे सुरु हुने खेलमा पहिलो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली एक खेलमा बराबरी र एक खेलमा हार व्यहोर्दै तालिकाको पुछारतिर छन्। च्यासल नवौँ स्थानमा रहँदा एनआरटी १० औँ स्थानमा छ।

त्यस्तै बिहीबार नै हुने खेलमा मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीच खेल हुनेछ। यी दुईबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। अंकतालिकाको शीर्ष र दोस्रो स्थानमा रहेका दुवै टोलीको समान ६ अंक रहेको छ। गोलअन्तरका आधारमा थ्रीस्टार शीर्षमा रहको छ भने मनाङ दोस्रो स्थानमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.