|

प्युठान : मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। बुधबार राति ७ बजेतिर ठूलाबेसीदेखि भालुबाङतिर जाँदै गरेको ग३प २२२५ नम्बरको मोटरसाइकल माण्डबी गाउँपालिका ५ चेर्नेटा नजिक दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका ११ निवासी वर्ष ३२ का राजेन्द्र राहु मगरको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा मालारानी गाउँपालिका ८ अर्घाखाँची निवासी वर्ष २६ सुरज थापा घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने मृतकको शव पोस्टमार्टमको लागि राखिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए। घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहर नायव उपरीक्षक निर्मल बुढाथोकीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.