लोकतन्त्रमा सेनाले विज्ञप्ति निकाल्न मिल्छ?

|

काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेस गुटगत राजनीतिका कारण कमजोर भएको बताएका छन्। उनले गुटगत राजनीतिका कारण लोकतन्त्र नै धरापमा परेको आरोप लगाएका हुन्। 

जगत नेपालद्वारा लिखित पुस्तक ‘बिपीको विद्रोह’ सार्वजनिक गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेको कहाली लाग्दो अवस्थाले लोकतन्त्र बचाउँछ कि बचाउँदैन भन्ने शंका पैदा भएको बताएका हुन्। ‘एउटा समान्य चुनाव आउँदा लाखौँ पैसा खर्च हुन्छ। यो पैसा कहाँबाट आउँछ?’, उनले भने, ‘यस्तो अवस्थामा लोकतन्त्र बाँच्छ कि बाँच्दैन भन्ने कहाली लाग्दो अवस्था छ।’

बिपीबाट आएको पार्टी कांग्रेसले नै विभेदको राजनीति गरेको उनले दुखेसो गरे। ‘बिपीले सबैलाई एउटै भूगोलभित्र राखेर हामी सबै नेपाली हौँ भनेर एक जुट बनाउनुभयो। अहिले त म तपाईंहरूको अनुहारमा मधेस देख्दिनँ’, उनले भने, ‘बिपीको पालामा मधेसमा कांग्रेसको गण थियो। अहिले कांग्रेस मधेसमा कहाँ छ। कांग्रेसले तराई र मधेसलाई जोड्न किन तराईमा महासमिति बैठक गर्न सक्दैन?’

पछिल्लो समय सेनाले देश खतरामा छ भन्ने विज्ञप्ति निकालेको भन्दै अपत्ति जनाए। ‘म बोल्दा कन्ट्रोभर्सिमा पर्छु। अहिले देश खतरामा छ भनेर सेनाले विज्ञप्ति निकाली रहेको छ’, उनले भने, ‘लोकतन्त्रमा सेनाले विज्ञप्ति निकाल्न मिल्छ? यो काम रक्षा मन्त्रालयको होइन?’ 

यस्तै, पूर्वराष्ट्रपति यादवले विद्रोही नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई मूलधारमा ल्याउन नसकेको भन्दै सरकार र राजनीतिक दलहरूको आलोचना गरे। उनले हिमाल, पहाड र तराईबीचको एकतालाई बलियो बनाउन कुनै पहल गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.