|

सप्तरी : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा टोलमा रहेको पोखरीमा बस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई दर्जनभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति करिब साढे ८ बजे सुनसरीको बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका तीर्थालु सवार को १ ख २७९९ नम्बरको बस पल्टिएको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले अहिलेसम्म पाँच जनाको शव निकालेको पुष्टि गरे। उनले घटनाका घाइतेहरूको उद्धार कार्य जारी रहेको र अहिलेसम्म २२ जनाको उद्धार गरी गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा पठाइएको जानकारी दिए।

अस्पताल पुर्‍याइएका २२ घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार गम्भीर घाइतेलाई धरान र विराटनगर पठाउने गर्ने तयारी भइरहेको छ। बसमा करिब ७० जना सवार रहेको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.