|

संखुवासभा : बहुचर्चित राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणको कार्य धमाधम भइरहेको छ। आयोजनाले संखुवासभामा ४३ वटा ट्रान्समिसन लाइन रहने जनाएको छ। ट्रान्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा हुँदै मोहत्तरी हुदै भारत पुग्ने सतलज कम्पनीले जनाएको  छ।

संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा–५ नुमको फ्याक्सीन्दामा ड्याम साइड निमार्ण भइरहेको छ भने पावर हाउस चिचिला गाउँपालिका दिदिङको पुखुवामा  निर्माण भइरहेको छ। ट्रान्समिसन लाइनको नेपालका ७ जिल्लामा ५ सय १ टावर हुने नक्सांकन भएको छ। जसअनुसार संखुवासभा ४३, भोजपुर ७९, खोटाङ ६५,उदयपुर एकसय ३०, सिराहा २६, धनुषमा ७२, मोहत्तरी ९५ वटा टावर पर्ने सतलज कम्पनीका ड्युटी जनरल मेनेजर विक्रम मोदगिलले जानकारी दिए।

अरुण तेस्रो आयोजनाको क्षेत्रभित्र पर्ने घर तथा जग्गा अधिग्रहणका काम सकिएको जानकारी दिइएको छ। संखुवासभा जिल्लामा दुई अर्ब भन्दा माथि रकम मुआब्जा बाँडिसकिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारले जानकारी दिएका छन् । प्रजिअ अधिकारीका अनुसार ड्याम साइड, पावर हाउस, क्याम्प, अडिटर, सडकको मुख्य रूपमा मुआब्जा दिइसकेका भए पनि ट्रान्समिसन लाइनको जग्गा अधिकरण गर्ने र मुआब्जा दिन बाँकी रहेको बताए।

ट्रान्समिसन लाइन संखुवासभा जिल्लाको चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट  सुरु भई डाँडागाँउ, आहाले, छ्याङकुटी हुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, पिप्ले रयले बेंशी हुँदै भोजपुरको  षडान्नद नगपालिका, साल्पा सिलिछो गाउँपालिका , भोजपुर नगरपालिका र टेम्केमैजुङ गाउँपालिका हुँदै खोटाङ पुग्छ सतलज कम्पनीेले जनाएको छ। खोटाङको साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै हलेसीको तुवाचुङ नगरपालिकको राजापानीबाट उदयपुर जिल्लाको  लिम्चुङबुङ गाउँपालिका, ताप्ली गाउँपालिका, कटारी नगरपालिका हुँदै सिराहा पुग्नेछ। सिरहा पुगेपछि पूर्वपश्चिम राजमार्ग हुँदै महोत्तरीबाट ट्रान्समिसन लाइनको रुट भारत पुग्ने आयोजनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.