|

लहान : सप्तरीको शम्भुनाथ नगरपालिका ८ स्थित पूर्व पश्चिम सडकमा बिग्रिएर रोकी राखेको ट्रकमा मोटरसाइकल ठोकिँदा आइतबार राति एक जनाको मृत्यु भएको छ। बिग्रिएर रोकी राखेको लु१ख ७०६१ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१प ९०५८ नं. को मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बस्ने ३९ वर्षीय मो. एजाजुल हक छन्।

रोकी राखेको ट्रकको पछिल्लो भागमा मोटरसाइकल ठोकिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हकलाई तत्काल उपचारका लागि लहान ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल भर्ना गरिएका हकको उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.