क्षति न्यूनीकरण गर्नमा उपयोगी हुने आशा

|

भोजपुर : भोजपुरमा प्रमुख जिल्ला अधिकारी हिरा देवी पौडेलको संयोजकत्वमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द (डिइओसी) गठन भएको छ। जिल्लामा भूकम्प, खडेरी, डुबान, पहिरो, आगलागी, सडक दुर्घटना, महामारीलगायत अन्य विपद्हरु प्रतिदिन बढ्दै गइरहेकाले जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र समिति गठन गरिएको हो।

विपद् व्यावस्थापन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा २ जना नेपाली सेना र २ जना प्रहरी २४ सै घण्टा केन्द्रमा खटाइनेछ। कुनै पनि समयमा उत्पन्न हुने जोखिम विपत न्यूनीकरणको समितिले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा २ जना नेपाली सेना र २ जना प्रहरी २४ सै तयारीमा राख्ने, रात्रि भिजन हेलीप्याडको व्यवस्था गर्ने, विपद् नियन्त्रण गर्न आवश्यक सामग्रीको व्यवस्था गर्ने, सवै स्थानीय तहका केही युवाहरुलाई तालीम प्रदान गर्ने साथै विपद्को अवस्थामा तत्काल सूचना प्रवाह गर्ने भोजपुरका प्रमुख जिल्ला अधिकारी पौडेल भनाइ छ। जसले गर्दा विपद्को अवस्थामा हुन सक्ने अन्य क्षति न्यूनीकरण गर्न सहज हुनेछ।

समितिले भन्डारण गर्नका लागि खरिद गर्ने विपत् जोखिम न्युनिकरणका सामग्री खरीद र केन्द्र व्यवस्थापन साथै सहकार्य गर्नका लागी जिल्लाका नौ वटै स्थानीय तह सहमत जनाएको छ। यस्तै आमचोक गाउँपालीकाले गाउँपालिका स्तरिय विपत् जोखिम व्यवस्थापन केन्द्र गठन गरी केन्द्रमा १५ लाख वरावरको विपत् व्यवस्थापन सामग्री खरीद गरीसकेको र जिल्लास्तरीय केन्द्रको लागि पनि आफ्नो गाउँपालिकाबाट सक्दो आर्थिक सहयोग र अन्य सहयोग गर्नसमेत तयार रहेको आमचोक गाउँपालिकाकी उपाध्यक्ष सिता राईले बताइन्।

यस्तै अरुण गाउँपालिका, साल्पासिलिच्छो गाउँपालिक, टयाम्केमैयुम गाउँपालिका, रामप्रसादराई गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाले पनी सामग्री खरीद गरेको जनाउँदै ती सामग्रीहरु प्रयोग गर्न साथै विपत् सिर्जना भएको अवस्थामा सतर्कता अपनाई विपत् नियन्त्रण गर्न ग्रामिण स्तरका युवाहरुलाई तालीमको व्यवस्था गर्न समेत सहमत जनाएको छ।  पौवादुङमा र हतुवागढिले विपत्मा परी कसैको मृत्यु भएमा २५ हजार, घाईते भएमा २० हजार र क्षती मात्र भएमा १० हजार प्रदान गर्ने गरेको जनाएको छ। जिल्लामा डिइओसी सञ्चालन गर्नका लागी आर्थिक तथा भौतिक सामग्री खरीदमा सहयोग गर्ने जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाका पालिका प्रमुख एंव प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन्।

त्यस्तै उद्योग वाणिज्य संघ भोजपुरले विपत्को सुचना प्रवाहमा समन्वयता भुमीका निर्वाह गर्ने, सिलिचुङ खानेपानी तथा सरसफाई संस्थाले ५० हजार लिटरको पानीटयांकी मौज्दात राख्ने, संस्थाको टोलफ्रि नंम्बर राख्ने र सदरमुकाम वरीपरी ५ वटा फायर नियन्त्रण क्याम्प जक्सन राख्ने जनाएको छ। यस्तै नेपाल स्काउट जिल्ला शाखा भोजपुरले विपत् व्यवस्थापनका सामग्री भण्डारको लागि कोठा उपल्बध गराउने र २५ हजार आर्थिक सहयोग गर्ने, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले ३६ वटा शाखामार्फत राहत वितरण भईरहेकोले विपद्को अवस्थामा पनि थप प्रभावकारी भूमिका निर्वाह गर्न सहमत जनाएको छ। नेपाल भर हालसम्ममा डिइओसी समिति ४९ वटा जिल्लामा सरकारी मातहत अन्तर्गत रहेर र १ वटा जिल्लाको पहलमा सञ्चालनमा आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.