|

बैतडी : दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ। गतवर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई पाँचहजार भत्ता उपलब्ध गराएकोमा यो वर्ष एकहजार थप गरेर ६ हजार पुर्‍याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए।

स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पुर्‍याएको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता दिइएको उनको भनाई छ। महिला स्वास्थ्य स्वयंमसेविका गाउँघरका नागरिकलाई निशुल्क सेवा दिइरहेका छन्। नागरिकको लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविकाहरू खटिने गरेका छन्। स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्यांकन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन्।

बैतडीको दोगडाकेदार गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाले भने गत वर्षबाट प्रोत्साह भत्ता पाइरहेका छन्। गाउँपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा स्वास्थ्य स्वयंमसेविका धेरै खुसी भएका श्रीकोट स्वास्थ्य चौकीका महिला स्वयंमसेविका गोमती विष्टले बताइन्। गाउँपालिकाले आफूहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदा धेरै सजिलो भएको बताउँदै अर्का स्वास्थ्य स्वयंसेविका जयन्ती ऐरीको भनाई छ।

महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, भिटामिन खुवाउने लगायत स्वास्थ्यका आधारभूत कुराहरूमा सहयोग गर्दै आइरहेका छन्। महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउने लगायत स्वास्थ्यका आधारभूत कुरामा सहयोग गर्दै आइरहेका छन्।

बैतडीको दोगडाकेदार गाउँपालिकाका ८ वटै वडामा ८६ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन्। 

बैतडीका १० ओटै स्थानीय तहमा ८३१ जना महिला स्वास्थ्य स्वयंसेविकाले काम गरिरहेकाे जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.