|

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले वाईडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।

मन्त्री अधिकारीले सो विमान खरिद प्रकरणको छानवीन गरिरहेका संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गम्भीरतापूर्वक छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाल एयेरलाईन्सलाई कमजोर बनाउने नियतका साथ छानवीन गर्ने काम भने नगर्न पनि पटक–पटक सम्बन्धित निकायलाई सचेत गराए। 

मन्त्री अधिकारीले सो विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दोहो¥याउँदै गलत गर्नेमाथि कडा कार्वाही गर्न मन्त्रालय तयार रहेको पनि स्पष्ट पारे। उनले छानवीन गर्ने निकायलाई सरकारले आवश्यक सहयोग गरिरहेको पनि बताए। मन्त्री अधिकारीले संसदीय समिति, अख्तियारलगायत छानवीन गर्ने निकायको प्रतिवेदन नआएसम्म सो सम्बन्धमा धैर्यता गर्न पनि सबैलाई आग्रह गरे।

उनले नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउन रणनीतिक साझेदारीको खोजी भईरहेको पनि जानकारी दिए। मन्त्री अधिकारीले आगामी मार्च भित्र वाईडबडी विमानलाई ‘फूल फेज’मा संचालन गर्ने योजना पनि अघि सारे। मन्त्री अधिकारीले सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन नयाँनयाँ गन्तव्यको खोजी कार्यलाई तीव्रता दिइएको पनि स्पष्ट पारे।

उनले एक वर्ष भित्र नेपालको कूल ग्राहस्थ उत्पादनमा कम्तिमा १० प्रतिशत योगदान दिने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। मन्त्री अधिकारीले नौं महिना भित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने पनि बताए। 

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई पनि सुरु गर्ने तयारी गरिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.