युद्ध समस्याको समाधान होइन : पाकिस्तान

|

सार्क सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएको निम्तो भारतले अश्वीकार गरेको छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानमा आयोजना हुन लागेको भनिएको सार्क सिखर सम्मेलनमा भारत सहभागी नहुने बताएकी छन्। 

हैदरावादमा पत्रकार सम्मेलन गरेर विदेशमन्त्री स्वराजले पाकिस्तानले आतंकवादी गतिविधिमाथि रोक नलगाएसम्म दुईपक्षीय वार्ताको सम्भावना नरहेको बताएको बीबीसीले लेखेको छ।

स्वराजले करतारपुर करिडोर सुरु हुँदैमा दुई पक्षीय वार्ता फेरि सुरु हुने अर्थ नरहने बताएकी छन्। पाकिस्ताको विदेश मन्त्रालयलय भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई सार्क सम्मेलनमा सहभागीताका लागि मंगलबार निम्तो पठाएको थियो। सार्कि सम्मेलनको आयोजना गर्ने पालो पाकिस्तानको रहेको छ जसमा भारतले सहभागीता नजनाउने भन्दै कहिले हुने वा नहुने भन्ने निश्चित छैन। यसअघि नेपालले सन् २०१४ मा सार्क सिखर सम्मेलन आयोजना गरेको थियो।

सुष्मा स्वराजले दुई देशबीचको करतारपुर करिडोर खुल्नु सकरात्मक भएपनि यसैका आधारमा वार्ता भने हुन नसक्ने बताइन्। करतारपुरमा बुधबार मात्रै पाकिस्तानका प्रधानमन्त्रीले शिलान्यास गरेका छन्।

उता पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैसीले भने दुई देशबीचको समस्या समाधान युद्धबाट नहुने बताएका छन्। उनले भनेका छन्, 'दुई देशबीच कयौँ समस्या छन् तर तिनको हल युद्ध होइन। पाकिस्तानले सधैँ शान्ति र स्थिरताको आशा राखेको छ।' उनले समस्या समाधान गर्नका लागि दुवै देश एक ठाउँमा बसेर छलफलमा सहभागी हुनुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.