काठमाडौं : सैनिक अदालतले नेपाली सेनामा विभिन्न पदहरूको भर्नामा भएको अनियमितता सम्बन्धमा बुधबार फैसला सुनाएको छ।
वर्ष २०७३ र २०७५ मा विभिन्न पदमा भर्ना गर्दा अनियमितता सम्बन्धमा छानबिन गर्न गठित सैनिक अदालतले दोषीहरूबाट बाट तीन करोड २२ लाख ७५ हजार रुपैयाँ राजस्व दाखिला हुनेगरी फैसला सुनाएको हो।
अनियमितताको सम्बन्धमा यही वर्षको जेठ ६ गते सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ इन्क्वाइरीले छानबिन गरी २३ जना अधिकृतसहित १८७ जनालाई भर्ना प्रक्रियामा दोषी ठहर्याएको थियो। तीमध्ये ११२ जनालाई सरकारी सेवामा अयोग्य नठहरिनेगरी सैनिक अदालतले बर्खास्त गर्ने फैसला गरेको छ।
नेपाली सेनामा जनही एक लाखदेखि पाँच लाख रुपैयाँसम्म पैसा उठाएर अयोग्य व्यक्तिलाई भर्ती गरेको तथ्य थाहाखबरले पाएको थियो। भर्ना भएका केही महिला गर्भवती रहेको, केहीका औँलासमेत नभएको र उचाइ नपुगेका तीनलाई पैसा खाएर भर्ती गरेको तथ्य पाइएको थियो।
सम्बन्धित समाचार
सेनामा चरम अनियमितता : पैसा लिएर औँला नभएका र गर्भवतीलाई भर्ना
तपाईंको ईमेल गोप्य राखिनेछ ।