|
तस्बिर : सुमन शर्मा

पोखरा : मौसम नखुलेपछि पोखरा विमानस्थलबाट हुने शनिबारको कुनै पनि उडान भएको छैन।  हुस्सु लागेकाले विहानबाट हुने कुनै पनि हवाइ उडान नभएको विमानस्थल प्रशासनले जनाएको छ।

‘यहाँको मौसममा भिजिबिलीटी नै छैन,’ पोखरा विमानस्थलका भोला गुरागार्इँले भने, ‘अरु दिन बिहान ११ बजेसम्म २० वटा फ्लाइट भइसक्थ्यो। आज एउटा पनि भएको छैन।’ उडान अवरुद्ध भएपछि विदेशी पर्यटक तथा नेपाली यात्रु मर्कामा परेका छन्।

पोखराबाट यती, सिम्रिक, बुद्धलगायतका एयरलाइन्सले व्यवसायिक उडान गर्ने भर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.