|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दलहरुको माग अनुसार संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग  अनुमति मागेका छन्।

बिहीबार सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले कात्तिक मशान्तभित्रै संविधान संशोधन प्रस्ताव संसदमा टेबल गर्न अनुमति मागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले एक घण्टाको छलफलमा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग संविधान संशोधन प्रस्ताव दर्ता गर्न सहमति दिन आग्रह गरेको बताए।

'प्रधानमन्त्रीज्यू र एमाले अध्यक्षबीच छलफल भयो। संविधान संशोधन प्रस्ताव संसदमा टेबल गर्न अनुमति माग्नुभयो। जवाफमा ओलीले आफू त्यसमा सकारात्मक रहेको जानकारी गराउनुभयो' उनले भने।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्ताव टेबल गर्नुअघि कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता बसेर संशोधन प्रस्तावको मस्यौदालाई अन्तिम रुप दिने प्रस्ताव पनि गरेका थिए। त्यसमा एमाले अध्यक्ष ओलीले सहमति जनाएका थिए।

भेटपछि पत्रकारसँग एमाले अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताए। उनले संविधान संशोधन के का लागि गर्ने भन्ने प्रस्ट भइनसकेको बताए। 'संविधान संशोधन केलाई गर्ने, केका लागि गर्ने त्यो प्रष्ट भएको छैन' उनले भने 'तीन पक्ष बस्ने कुरा छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.