|

काठमाडौं : ललितपुरको एकान्तकुनामा आइतबार राति भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। 

महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो। कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको मोटरसाइकल राति साढे ९ बजे दुर्घटना भएको हो। सडकमा लडिरहेको अवस्थामा भेटिएका कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल जावलाखेल पुर्‍याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। 

यस्तै दाङको घोराही उपमहानगरपालिका १० सौडीकुलामा आइतबार राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १७ वर्षीय भीमसेन थापा रहेको प्रहरीले जनाएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही १० नारायणपुरका ३२ वर्षीय सन्तोष बुढाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमै उपचार भइरहको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.