|

काठमाडौं: माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म 'गरुढ पुरण' ले फिल्ममा समावेस गीत 'म त पिरिम मा' को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ। 'मदानी क्रिएसन' को सहकार्यमा हुन लागेकाे प्रतियोगितामा उत्कृष्ट नृत्यले नगद ५० हजार रुपैयाँ जित्ने फिल्म निर्देशक सुवास कोइरालाले बताए। 

प्रतियोगितामा भाग लिन एकल, युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर [email protected] मा पठाउनुपर्ने छ। उपलब्ध भिडियोहरू 'मदानी क्रिएसनको युट्युब च्यानलमा अपलोड गरिने क्रिएसनका प्रमुख कार्यकारी अधिकृत बिष्णुकान्त घिमिरेले बताए। 

प्रतियोगिता आह्वान गरिएको उक्त 'म त पिरिममा' बोलको गीतमा दिनेश राउतको शब्द तथा कोसिस क्षेत्रीकाे संगीत रहेको छ। गीतमा कोसिस र मनिशा पोख्रेलको स्वरसून्न सकिन्छ। रेनशा बान्तवा राइले कोरियोग्राफी गरेको भिडियोमा निश्चल बस्नेत, कर्म शाक्य, प्रियंका सिंह र अन्जली योन्जनको नृत्य देख्न सकिन्छ।

गीत हेर्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.