|

पर्सा : जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागु औषध चरेश १ किलो ५०० ग्राम र तयारी अवस्थाको ३०० पिस नाइट्रोभेटसहित एक भारतीय र एक नेपालीलाई पक्राउ गरेको छ। चरेशसहित भारतीयलाई र तयारी अवस्थाको ३०० पिस नाइट्रोभेटसहित नेपालीलाई पक्राउ गरेको हो। 

पक्राउ पर्ने भारतीय भारत विहार जिल्ला पटना कंकरबागथाना मिहापुर बस्ने ६० वर्षिय विपिनकुमार कुर्मी र नेपालको धादिङ गल्छी गाउँपालिका २ बस्ने २४ बर्षीय रामजी बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। कुर्मीले आफूले लगाएको लुगाभित्र पेट र कम्बरमा लागु औषध चरेश पोका पारी लुकाएर नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मानबहादुर राईले बताए।

अभियुक्त कुर्मीलाई वीरगन्ज भंसार कार्यालयको मूल गेट अगाडि प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको उनको भनाइ छ। त्यसै गरी भारतको रक्सौलबाट नेपालतर्फ तयारी अवस्थाको लागु औषध नाइट्रोभेट लिएर आउँदै गरेको अवस्थामा वीरगन्ज भंसार पारगरी रजत जयन्ती चौकमा आइपुगेको अवस्थामा पैदलै हिड्दै गरेका बयलकोटीलाई प्रहरीले चेकजाँच गर्दा पछाडीको गोजीमा ३०० पिस अवैध लागुऔषध नाइट्रोभेट फेला परेपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राईले बताए।

पक्राउ परेका दुवै अभियुक्तलाई लागु औषध मुद्दामा थप अनुसन्धान पछि कारवाही अगाडि बढाइएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.