राजनीति

१० राजकीय अतिथि गृह, ४१ भिअाइपी भवन बनाइने
SHARES

मंसिर २०, २०७५

    काठमाडौं: सरकारले १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने अन्तिम तयारी गरेकाे छ। हाल मन्त्री क्वाटर रहेको परिसरमा निर्माण गर्ने तयारी गरेको सछ। 

     मन्त्री निवास परिसरको जग्गा अप्रयाप्‍त भए नजिकै रहेको नेपाल राष्ट्रिय पुस्तकालयको जग्गा प्रयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीवार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। गत साेमबार भएकाे मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे हाे।

    त्यस्तै ललितपुरको भैसेपाटीमा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा उपसभामुखसहित मन्त्रीहरुका लागि नयाँ भवन निर्माण गर्ने निर्णय गरिएकाे छ। त्यस्तै ललितपुर महानगरपालिका सैबु भैसेपाटीमा रहेको सैबु आवास क्षेत्रमा ४१ वटा भिअाइपी भवन बनाउने निर्णय गरेको हो।

    सांसद आवासका लागि छुट्याइएको सो जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखसहित मन्त्रीहरुका लागि २७ वटा आवास भवन बनाउने निर्णय भएको त्यस्तै सोही स्थानमा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय गरिएको मन्त्री बास्बाेटाले जानकारी गराए।
    थप  निर्णयहरू
     प्रधानमन्त्री केपी शर्मा ओलीलाई विवादित संस्थाले काठमाडौंमा आयोजना गरेको एसिया प्यासिफिक समिटका क्रममा प्रदान गरिएको 'लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड' सहित प्राप्त एक लाख अमेरिकी डलरमा सोही बराबरको रकम नेपाल सरकारले थप गरी शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पुयाउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्यले 'प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार' कोष स्थापना गर्ने।
     पोल्यान्ड सरकारद्वारा राष्ट्रसंघीय संरचना महासन्धी अन्तर्गतका पक्षराष्ट्रहरूको २४ औं सम्मेलनको घोषणापत्र प्रस्ताव 'सोलिडारिटी एण्ड जस्ट ट्रान्जिसन सिलेसिया डिक्लेरेशन' अनुमोदन गर्ने।

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्राहलय बनाउने।

    पुथा उत्तरगंगा गाउँपालिका, रुकुम (पूर्वी रुकुम) को केन्द्र साविक कोल गाविसको कार्यालयबाट परिवर्तन गरी तक्सेरामा कायम गर्ने।
    नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने।

    हुलाक सेवा सम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र पनि स्वीकृत।

     नेपाल दूरसञ्चार कम्पनी लिमिडेटको प्रवन्ध निर्देशक पदमा नियुक्ति सिफारिस गर्न तीन सदस्य छनौट समिति गठन गर्ने 
     
    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा रमेशकुमार पोखरेल, विराटनगर–५, मोरङलाई नियुक्त गर्ने।

    नेपाल-भारत एकीकृत भन्सार जाँच चौकी, वीरगञ्जको जग्गा मुआब्जा विवाद समाधान गर्नका लागि भन्सार स्थापना गर्दा विस्थापित भएर घरवारविहिन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रूपैया र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रूपैयाँ प्रदान गर्ने।
     काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न नुवाकोट जिल्लास्थित बन्चरेडाँडामा निर्माण गर्नुपर्ने करिव १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्यान्ड फिल्ड साइट निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]