|

काठमाडौंः प्रहरीले काठमाडौंस्थित एक सुधार गृहमा छापा मारी २१ जनाको उद्धार गरेको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले काठमाडौंको सुकेधारास्थित ट्रान्सफरमेशन नेपाल नामक सुधार गृहमा प्रहरीले छापा मारेर २१ जनाको उद्धार गरेको हो। सुधार गृहमा अमानवीय यातनासहित राखिएको अवस्थामा २१ जनाको उद्धार गरी आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ।

सुधार गृहको यातना खप्न नसकी भागेकाहरूले उजुरी दिएपछि छापामारी २१ जना पीडितलाई उद्धार गरी आफन्तलाई बुझाइएको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए।

प्रहरीले सो सुधार गृहमा राखिएका लागू पदार्थ दुव्र्यसनमा फसेकामध्ये २१ जनालाई उद्धार गरे पनि १३ जना भने यस अघि नै भागेका थिए। भगौडाको पनि खोजी भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक लामाले बताए। प्रहरीले सो सुधार गृहका संचालक रुपन्देही सिद्धार्थ नगरका सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई नियन्त्रणमा लिई कार्वाही प्रक्रिया पनि अघि बढाएको छ। 

नियन्त्रणमा लिइएका घिमिरे लागु औषध कारोबारमा पनि संलग्न भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि वरिष्ठ प्रहरी उपरीक्षक लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.