क्यान्सरपीडित पूर्वसांसद मणि खम्बुसँगको छलफलमा थिए ओली र प्रचण्ड

|
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले कुराएको भन्दै नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठल बालुवाटारबाट बाहिरिएका छन्। शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्ने समय तय गरिएको थियो। 

तर दुई अध्यक्ष ओली र प्रचण्डले बैठकमा आफूहरूलाई कुराएको भन्दै चार नेता नेपाल, खनाल, गौतम र श्रेष्ठ बैठकस्थलबाट बाहिरिएका छन्। उनीहरूले आफूलाई बैठकमा अध्यक्षहरूले कुराएर अपमान गरेको भन्दै उनीहरू बैठकस्थलबाट बाहिरिएका हुन्।

नौ सदस्यीस रहेको नेकपाको सचिवालयका चार सदस्यहरू बैठकस्थलबाट बाहिरिएपछि शनिबार बस्ने भनिएको बैठक नबस्ने सम्भावना बढेको छ। नेताहरू बाहिरिएपछि बैठकबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। 

क्यान्सरपीडित खम्बुसँग छलफलमा थिए ओली-प्रचण्ड

तीन बजे सचिवालय बैठक बस्ने तयारी थियो। नेकपाका दुई अध्यक्ष ओली र प्रचण्ड उदरपुरका पूर्व सांसद् मणी खम्बु क्यान्सरपीडित हुन्। उनै खम्बुसँग छलफलमा रहेकाले केही समय मात्रै ढिलो हुन गएको अध्यक्ष निकट स्रोतले जनाएको छ। 'उदयपुरका पूर्वसांसद मणि खम्बुसँग दुई अध्यक्ष बसिरहनुभएको थियो। अध्यक्षले कुराएको भन्दै झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ हामीलाई कुराइयो भनेर उठेर हिँड्नुभयो', स्रोतले भन्यो, 'यहाँ कसैलाई अपमान भएको छैन। एकछिन कुर्नुपरेको हो। बिरामी पूर्व-सांसदसँग छोटो छलफलमा हुनुहुन्थ्यो। उहाँ क्यान्सरको अन्तिम चरणमा पुग्नुभएको व्यक्ति हो। उहाँसँग छलफल गरौF भनेर बस्नुभएको हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.