|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्ध मृत भेटिएका छन्। काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहरा आइतबार साँझ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। 

गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार बेलुकी ८ बजे बोहराको शव फेला पारेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले जानकारी दिए। बोहरा लामो समयदेखि सोअस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई २०६० मा अवकाश लिएका व्यक्ति हुन् । 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.