|

काठमाडौंः ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ।

यसै अवसर पारेर सोमबार बिहान काठमाडौंमा पनि मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। ‘दिगो विकास र मानव अधिकारः नेपालीको मूल आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको आह्वानमा मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो। 

काठमाडौंको भृकुटीमण्डपबाट सुरु गरिएको प्रभातफेरी रत्नपार्कस्थित शान्ति वाटिकामा पुगेर समापण गरिएको थियो। प्रभातफेरी कार्यक्रममा सहभागी भएका मानव अधिकारकर्मीहरुले मानव अधिकारको पूर्ण प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन्। उनीहरुले महिला हत्या, हिंसालगायत घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल रोक्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको पूर्णप्रत्याभूति दिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले मानव अधिकार हनन्कर्तामाथि कडा कार्वाही गर्न पनि सरकारलाई पुनः सचेत गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.