|

काठमाडौं : 'कलकत्ते काइयो' जस्तो सफल गीतका गायक अविनाश घिसिङको स्वरमा रहेको नयाँ गीत 'लाइसेन्स ठेक्का' (डम्फू) बोलको गीत सार्वजनिक भएको छ। आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ। गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै रहेको छ।

भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश र मान्शी लामा फिचरिङ छन्। सुन्दर लोकेसनमा खिचिएको भिडियो निकै उच्च 'क्वालिटी'को बनेको छ। भिडियोको मेकिङ कुनै हलिउड गीतको भन्दा कम देखिन्न।

राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। भिडियोमा अविनाश मानन्धरले ड्रेन चलाएका छन्।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.