|

  • भुपाल थापा-

कपिलबस्तु : कपिलवस्तुका विभिन्न स्थानमा रहेका थोक तथा खुद्रा ब्यापारीहरुले नुनको अभाव भएको अफवाह फैलाएका छन्। शनिबार बिहानैदेखि तौलिहवा, पकडी, डुमरा, चाकरचौडा, गोरुसिंगे, चन्द्रौटा तथा कृष्णनगरका किराना पसलले नुन लुकाएपछि ५ गुणा बढी मूल्य तिरेर नुन खरिद गर्न उपभोक्ता बाध्य भएका छन्।

भारतीय सञ्चारमाध्यममा नुनको मूल्य अस्वभाविक वृद्धि भएको समाचारले नेपालको सीमावर्ती क्षेत्रमा भ्रम फैलिएको हो। २० रुपैयाँ पर्ने एक पोका नुन व्यापारीहरुले १ सय २० देखि २ सय रुपैयाँ भन्दै नुन लुकाइएको बेच्न थालेको स्थानीय दीपकबहादुर थापाले बताए।

तर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा नुन अभाव नभएको बताएको छ। जिल्ला पशासन कार्यालय कपिलबस्तुले नुनको कालोबजारी गर्नेलाई कारबाही गर्ने जनाएको छ। नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन कृष्णनगरका प्रमुख विष्णुप्रसाद श्रेष्ठले नेपालमा १ वर्षसम्म पुग्ने खाने नुन मौज्दात रहेको बताए। हरेक दिन चाहिने सामग्री भएले भ्रम सिर्जना गरेर कालोबजारी गर्न खोजिएको हुन सक्ने उनले बताए। व्यापारीहरुलाई चाहिएजति खाने नुन उपलब्ध गराउने श्रेष्ठले बताए।

इलाका प्रहरी कार्यलय पकडीका प्रहरी निरीक्षक इस्माइल अन्सारीका अनुसार नुनको मूल्यमा अनियमितता नहोस् भनेर विभिन्न ठाउँमा अनुगमनसँगै माइकिंङ गरिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.