|

हेटौँडा : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ स्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार राति मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा इन्द्रसारेबर–५ देउरालीका ३८ वर्षीय विजय थोकरको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। इन्द्रसरोबर गाउँपालिकाको पौवा भन्ने ठाउँबाट देउरालीतर्फ गइरहेको बा४ प ११९४ नम्बरको मोटरसाइकल सडकबाट १५ मिटर तल खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.