|

काठमाडौं : स्वस्तिमा खड्का स्टारर फिल्म 'बुलबुल'को टिजर सार्वजनिक भएको छ। शुक्रबार युट्युबमर्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा नायिका स्वस्तिमा खड्का र मुकुन भुषाल फिचर छन्।

फिल्मको एक दृश्यजस्तो लाग्ने टिजरमा स्वस्तिमा खड्काको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ। यस फिल्ममा स्वस्तिमा टेम्पो चालकको भूमिकामा प्रस्तुत छिन्।

विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ, दीपक क्षत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टी भट्टराईको पनि अभिनय रहेको छ। फिल्ममा निर्देशक पौडेलकै कथा रहेको छ। फिल्मलाई अविरल थापाले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता रामराजा दाहाल हुन्।

निर्देशक विनोद 'बुलबुल' मार्फत स्वस्तिमा खडकाको अभिनयमा नयाँ अवतार देखिने र फिल्म क्षेत्रले एक सशक्त नव नायक पनि पाउने दावी गर्दै आएका छन्। नायिका स्वस्तिमा खड्का स्वयंले पनि यो चलचित्र आफनो करियरकै कोशे ढुंगा हुनेमा ठुलो आशा राखेको बताएकी छिन्।

टिजर : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.