|

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन्।

राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गरेक भिडियो सार्वजनिक भएको छ।

राजापाक्षेको पार्टीका एक जना सांसद शेहान सेमासिंघेले वक्तव्य दिएर राजापाक्षेले राजीनामा दिएको जानकारी दिए।

वक्तव्यमा उनले आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गरेका छन्। अहिलेको राजनीतिक द्वन्द्व अन्त्य गर्नका लागि संसदीय निर्वाचन माग गर्ने आफुहरूको मुख्य मुद्दा हुने उनको भनाइ छ।

राजापाक्षेलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेको र संसद् विघटन गरेको विषयलाई सर्वोच्च अदालतले अवैध भएको फैसला गरेपछि राजीनामा आएको हो।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.