रुकुम : देशकै कान्छो जिल्लाको रुपमा रहेको रुकुम पूर्व ग्रामीण क्षेत्रले बनेको रमणीय क्षेत्रमा जहाँ आ–आफ्नो ठाउँ अनुसारको फरक–फरक भेषभुषा मात्र छैन फरक फरक पेसाबाट जीबिकोपार्जन समेत गर्ने गरेका छन। वैदेशिक रोजगार, गाई, भैसी, भेडा, बाख्रा, सुँगुर, कुखुरा र अन्न बाली त्यस क्षेत्रको आम्दानीको स्रोत हो। तिन स्थानीय तहहरु उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका र सिस्ने गाउँपालिकाका रहेको जिल्लामा अधिकांस ठाउँहरुमा भेडाबाख्रा पालन गर्ने गरिएको छ।
यी तिन गाउँपालिकामा परम्परागत रुपमा हुदै आएको व्यवसायिक काम भनेकै पशुपालनमा हो। पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ तकसेराका रामकुमार बुढा अहिले ६९ वर्षको भईसके। अझै पनि हिस्टपुष्ट देखिने सानै उमेरदेखि अहिले सम्म पनि भेडाबाख्रा पालनमै जीवन बिताईरहेका छन। उनीले अहिले १ सय ६० वटा भेडाबाख्रा पालिराखेका छन्। वर्षको १ लाख ५० हजार बढी आम्दानी गर्ने उनी नियमित घर खर्चसँगै केही आपतकालीन खर्चका लागि बचत गर्दै आएका छन्।
‘क्याबजुको (बाजेको बाजे) पालादेखि नै भेडाबाख्रा पालनबाट नै घरको आम्दानी गर्ने गरेका छौं’ उनले भने, ‘बर्षायममा ओड्ने घुम्चे (पानी तार्ने), घरमा ओछ्याउने कामुल, अनि ओढ्ने बोक्कु (जाकेट) को रुपमा प्रयोग गरिने सामाग्री भेडाबाख्राका ऊनबाट तातो खाल्का कपडाको रुपमा नै बन्ने गरेको छ।’ तयार पारिएको सामाग्रीलाई प्रत्येक एकको मुल्य रु. १ हजार ५ सय देखि लिएर ७ हजार रकम सम्ममा बिक्री हुने गरेको बुढाले बताए। माघ र असोज महिनामा गरि ऊन वर्षको दुई पटक कात्ने गर्दछन्।
बैसाख महिनादेखि लिएर असोजसम्म बुकी (लेक) ठाउँमा गोठ सारि चरण गर्ने गरिएको अर्का स्थानीय रामकुमार बुढाले बताए। ‘असोज देखि मंसिर चैत्र महिनामा मध्यम ठाउँमा र पौष देखि फागुन महिनामा बेसी हिउँ नपर्ने ठाउँमा गोठ सारेर पालन गर्ने गरिएको छ’ उनले भने। भूमे गाउँपालिका वडा नम्बर २ गाबाङका सेते बुढाले पनि ५०/६० वटा भेडाबाख्रा पालन गरेका छन्। उनी पनि १० वर्ष देखि भेडापालन गरेको बताउँछन्। उनले पनि वर्षको १ लाख रकम हाराहारीमा आम्दानी गरेको बताउछन। मौसम अनुसारको ठाउँ/गोठमा लिएर भेडालाई चरण गर्ने गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।