|

गुल्मी : गुल्मी जिल्लाको रेसुङगा नगरपालिकामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा बालबिकास केन्द्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको ब्यबस्था गरिएको छ।

बालबालिकाहरुलाई स्वास्थ्य र पोषणमा सुधार, सिकाई उपलब्धी र कक्षा छाडने दर कम हुने रेसुङगा नगरपालिका शिक्षा शाखाका विद्यालय निरीक्षक पिताम्बर पन्थीले जानकारी दिए।  पन्थीका अनुसार नेपाल सरकारको कार्यक्रम अनुसार नै दिवा खाजाको ब्यबस्था गरिएको बताए ।

महेन्द्र नमुना माध्यमिक विद्यालयका बालबालिकाहरुलाई प्रत्येक दिन फरक फरक स्वाद र परिकारको ब्यबस्था गरिएको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार आईतबार खिर र अचार , सोमबार चना र भुजा, मंगलबार मटर समोसा , बुधबार हलवा र अचार, बिहिबार खिर र अचार शुक्रबार हलुवा र अण्डाको ब्यबस्था गरिएको जनाएको छ। प्रति बिधार्थी १५ रुपैयाका दरले दिवा खाजाको ब्यबस्था गरिएको हो भने बालबालिकाको हाजीरी ब्यबस्थालाई हेरेर रकम निकासा दिने शिक्षा शाखाले जनाएको छ।

दिवा खाजाको सुरुवात गर्दै रेसुगां नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले यस कार्यक्रमले बिचैमा विद्यालय छाडने दर कम हुने भन्दै कार्यक्रम प्रभाबकारी हुने दाबी गरे। भुसालले दिवा खाजा गुणस्तर भए नभएको समय समयमा अनुगमन गर्न समेत विद्यालयलाई आग्रह गर्दै कार्यक्रमलाई प्रभाबकारी बनाउन अभिभाबक, समुदाय र विद्यालयको महत्वपुर्ण भूमिका हुने दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.