|

रुकुम  : रुकुम पश्चिम मुसिकोट नगरपालिका १२ जुम्लाबाङमा बिहे भोज खाएर सुतेका तीनजना मृत फेला पर्नुको कारण अध्यधिक कमसल खालको मदिरा सेवन रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

घटनाको खबरपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका  प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्का नेतृत्वको प्रहरी टोली नै घटना स्थलमा पुगेको थियो। प्रहरी प्रमुख खड्काका अनुसार मृत्यु के कारणले भएको भन्ने एकिन रिपार्ट पोष्टमार्टममार्फत केही दिनपछि मात्र आउने भए पनि अध्यधिक कमसल मदिरा सेवनकै कारण उनीहरूको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

‘खास कारण त पोष्टमार्टम रिपोर्टपछि नै आउछ। तर कमसल खालको धेरै रक्सी पिएर सुतेकोले उनीहरूको मृत्यु भएको हुनसक्ने  अनुमान छ। हाम्रो पनि अुनमान छ’ प्रहरी प्रमुख खड्काले भने, ‘यदि बिहे भोज विषाक्तकै कारण भएको हो भने त भोज खाएका अन्य ब्यक्तिलाई पनि असर हुन्थ्यो होला, अरु कसैमा पनि समस्या नदेखिएको पाइयो।’ 

बिहे भोज खाएर कोठमा सुतेका मुसिकोट नगरपालिका ११ का ४८ वर्षीय कमानसिंह सार्की, वडा १२ का २१ वर्षीय पलबहादुर बिक र सानिभेरी गाउँपालिका ९ का ६३ वर्षीय खम्मुकामी बिहान कोठामा मृत फेला परेका थिए।

स्थानीय अमर बिकको छोरा बिहेमा उनीहरू गएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.