|

काठमाडौं : प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर फिल्म 'प्रेम दिवस'ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। निर्देशक योगेश घिमिरेका अनुसार प्रेम दिवस बैशाख १३ गते रिलिज हुने पक्का भएको हो।

बैशाख १३ गते मह संचारको निर्माण रहेको प्रतिक्षित फिल्म 'दाल भात तरकारी' पनि रिलिज हुदैँछ। मल्टिस्टारर दाल भात तरकारी प्रेम दिवसका लागि ठूलो थ्रेट हुनसक्छ।

निर्देशक घिमिरे दुई फिल्म एकै दिन रिलिज हुनु सामान्य भएको बताउँछन्। उनी भन्छन्, 'फिल्म रिलिज डेटले चल्ने भन्ने हुदैँन। फिल्म क्वालिटीको आधारमा चल्ने हो। दाल भात तरकारी पनि त्यहीँ दिन आउदैँछ। दुबै आफ्नै टेस्टका फिल्म भएकाले एक-अर्कालाई असर गर्दैन्।'  

अझ रोचक कुरा त के छ भने, फिल्म दाल भात तरकारीमा पनि प्रियंका कार्कीको अभिनय रहेको छ। बैशाख १३ गते नै प्रियंकाको आफैँसँग भिडन्ता पर्नेछ।

म्युजिकल लभस्टोरी फिल्म 'प्रेम दिवस'बाट विशाल खरेलले डेब्यु गर्दैछन्। सञ्जय न्यौपानेको लगानी रहने फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहेको छ। वसन्त सापकोटा, करण सिंह कार्की, दीपक शर्मा र महाराज थापाको संगीत रहेको फिल्ममा कविराज गहतराजको करियोग्राफी, मानकृष्ण महर्जनको छायांकन तथा वनिष शाहको सम्पादन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.