|

काठमाडौं : प्रदीप खड्का र जसिता गुरुङ स्टारर फिल्म 'लभ स्टेसन'ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। फिल्मका निर्माता तथा वितरक गोविन्द शाहीका अनुसार यस फिल्म चैतको १ गतेबाट प्रदर्शनमा आउने भएको छ। चैतमा परेको फागु पूर्णिमालाई लक्षित गर्दै फिल्मलाई १ गते रिलिज गर्न लागिएको गोविन्दले बताए।

प्रदीप र जसिताले यसअघि फिल्म 'लिलिबिली'मा सँगै काम गरेका थिए। 'लिलिबिली'मा यस जोडीलाई निकै रुचाइएको थियो। फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानाको पनि अभिनय रहेको छ।

लभ स्टोरी फिल्म 'लभ स्टेसन'लाई उज्जवल घिमिरेले निर्देशन गरेका छन्। दार्जीलिङ, कालिङपोङ, सिक्किम तथा नेपालको पूर्वी भागमा छायांकन गरिएको यस फिल्मको दुई गीत खिच्न बाँकी रहेको निर्माता शाहीले बताए।

शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको संगीत रहने यस फिल्ममा आलोक शुक्लाको छायांकन रहेको छ। 'काफिया फिल्मस्'को व्यानरमा निर्माण भएको यस फिल्ममा काफिया शाही र कविरबिक्रम शाही निर्मताको रूपमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.